‘ओली र प्रचण्ड दुवै अध्यक्ष’

‘ओली र प्रचण्ड दुवै अध्यक्ष’

दुई प्रमुख वामपन्थी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरण सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

दुई पार्टीका शीर्ष नेताहरूले सोमवार राति हस्ताक्षर गरेको एउटा सहमतिपत्रमा एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने उल्लेख छ।

एकीकृत पार्टी शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको मान्यताबाट अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।

यसै सन्दर्भमा साथी फणीन्द्र दाहालले नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीलाई पार्टी एकीकरण सम्बन्धी निर्णयमा नयाँ पार्टीको नेतृत्व नेताहरूले कसरी गर्ने भन्ने विषय किन नराखेको? भनेर सोधेका छन्।